जनताको समर्थन माग्न मङ्पु भ्याली पुगे भाजपाका उम्मेदवार राजु बिष्ट

IMG-20240413-WA0178

दार्जीलिङ: दार्जीलिङ लोकसभा समष्टिबाट भाजपाक उम्मेदवार तथा वर्तमान संसद राजु बिष्ट आज मङ्पु भ्यालीका जनताको समर्थन र आशीर्वाद लिन गएँ।  सिटोङ-लाटपञ्चर, मनसोङ, अनि रोङ्गोका साथै मङ्पु सहितको सम्पूर्ण सिन्कोना क्षेत्र, हाम्रा चिया बगानहरूपछि क्षेत्रमा रोजगार सिर्जना गर्ने सबैभन्दा विशाल क्षेत्रहरूमध्ये एक रहेको उनले बताएका छन्। उनले भने, ‘वर्षौंदेखि टीएमसी सरकारको पूर्ण उदासीनता अनि उपेक्षाको कारणले गर्दा हाम्रा सिन्कोना बगानहरू बन्द हुने संघारमा छन्। तृणमूल कांग्रेस एउटा दृष्टिविहीन पार्टी हो जसको सिन्कोना बगानको पुनरुद्धार प्रति कुनै चासो नै छैन। सम्पूर्ण सिन्कोना बगानहरूलाई औषधीय बोटविरुवाहरू, वैकल्पिक औषधीहरू, स्व रिगपा, आयुर्वेद अनि प्राकृतिक चिकित्साको केन्द्रमा कायाकल्प गर्ने मेरो परिकल्पना छ। म यस क्षेत्रलाई सम्पूर्ण दार्जिलिङ क्षेत्रलाई चिकित्सा पर्यटनको केन्द्रको रूपमा विकसित गर्ने व्यापक परिकल्पनासँग जोड़्न चाहन्छु।‘ उनले अझ भने, ‘हामी जनतालाई हाम्रो क्षेत्रमा बागवानी, कृषि अनि फ्लोरिकल्चर विकसित गर्नमा मद्दत गर्नेछौँ। हामी जनतालाई होमस्टे, फार्म स्टेहरू विकसित गर्न, अनि ग्रामीण पर्यटन पूर्वाधार विकसित गर्नमा मद्दत गर्नेछौँ। हाम्रो महत्त्वपूर्ण भौगोलिक अवस्थितिको कारणले यदि हामीले यहाँ राम्रो स्वास्थ्यसेवा सुविधाहरूको सिर्जना गर्छौं भने असम र बिहारका साथै हाम्रा छिमेकी देशहरू नेपाल, भूटान र बाङ्ग्लादेशबाट ठूलो संख्यामा रोगीहरूलाई आकर्षित गर्न सक्नेछौँ।‘  मङ्पुको अवस्थिति मध्यमा रहेको हुँदा यहाँ एउटा केन्द्रीय संस्थान, र कृषि विज्ञान केन्द्रको स्थापना गर्ने पनि मेरो परिकल्पना छ ताकि किसानहरू त्यसबाट लाभान्वित हुन सकुन् भन्ने उनले बताए। उनले भने, ‘म जनतालाई याद दिलाउन चाहन्छु कि बीजेपी बाहेक अरु कुनै पार्टी वा उम्मेदवारलाई भोट दिनुको मतलब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा टीएमसीलाई भोट दिनु बराबर हो। टीएमसीले हाम्रो क्षेत्रलाई नियोजित ढङ्गले वञ्चित राखेको छ अनि हाम्रा जनताविरुद्ध भेदभाव गर्दै आएको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *