अष्ट्रेलियामा भारतीय पुरुष हकी टीमको लगातार पाँचौं हार

IMG-20240413-WA0244.jpg

पर्थ: भारतको पुरुष हकी टीमलाई अष्ट्रेलियाले पाँचौं तथा अन्तिम म्याचमा पनि ३-२-ले पराजित गऱ्यो। यसरी आयोजक अष्ट्रेलियाले पाँचवटा म्याचको सीरीज ५-० ले झोलीमा हाल्यो। म्याचमा भारतको निम्ति कप्तान हरमनप्रीत सिंहले चौथो र बबी सिंह धामीले ५३औं मिनटमा गोल गरे। यसरी अष्ट्रेलियाबाट जेरेमी हेवर्डले २०औं, के विलोटले ३८औं र टिम ब्राण्डले ३९औं मिनटमा गोल गरे। पेरिस ओलम्पिक खेलहरूका तयारीमा जुट्‌ने भारतीय टीमको निम्ति यो यात्रा महत्त्वपूर्ण रहे पनि पाँचैवटा म्याचमा हारले खेलाड़ीहरूका तयारीमाथि ठूलो प्रश्न चिन्ह लागेको छ। भारतलाई चौथो मिनटमा हरमनप्रीतले पेनल्टी कर्नरबाट बढ़त दिलाए। सीरीजमा यो उनको तेस्रो गोल हो। अष्ट्रेलियाले पनि २०औं मिनटमा हेवर्डको गोलको सहायताले स्कोर १-१ पुऱ्यायो। त्यसपछि ३७औं मिनटमा हरमनप्रीतले पेनल्टी कर्नरबाट गोल गर्ने मौका गुमाए। त्यसको एक मिनटपछि विलोटले गोल गरी अष्ट्रेलियालाई बढ़त दिलाए। लगत्तै एक मिनटपछि फेरि ब्राण्डले गोल गरी अष्ट्रेलियालाई ३-१-ले अघि पारे। भारतले म्याचको दोस्रो तथा अन्तिम गोल बबी सिंहले अन्तिम सिटी बज्न सात मिनट अघि रिभर्स हिटमा छिराए। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *