पवन चामलिङले दिएक नयाँ वर्ष  एवम् वैशाखी पर्वको हार्दिक शुभकामना

1000637169.jpg

गान्तोक: एसडीएफ अध्यक्ष पवन चामलिङले नयाँ वर्ष विक्रम संवत् २०८१ एवम् वैशाखी पर्वको शुभ आगमनको अवसरमा समस्त सिक्किमेली जनगणमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज जारी आफ्नो सन्देशमा चामलिङले भनेका छन्, नयाँ वर्षले हाम्रा सम्पूर्ण जनताको जीवनलाई अशेष खुशियाली, उमङ्ग, उत्साह, सुख-शान्ति र समृद्धिले भरिदियोस्। विगतले दिएका त्रासदी, प्राकृतिक विनाश, घात-प्रतिघात, हिंसा-अशान्ति, छल-प्रपञ्च, धोका र विश्वासघातहरूबाट हाम्रा सिक्किमेली जनताको जीवन नयाँ आशा-भरोसा र आत्मविश्वासपूर्ण भविष्यको गोरेटोमा अघि बढ़ोस्।

उनले नयाँ सालले सिक्किमेली जनगणमा उज्यालो, सुरक्षित, शान्तिपूर्ण र समृद्ध सिक्किमको निर्माण गर्ने साहस, सङ्कल्प र चेत छरिदियोस् भनी कामना गरेका छन्। उनले सबै मिली सिक्किमलाई सुन्दर र सुखद भविष्यको दिशामा अघि बढ़ाऔं भनी आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement