गान्तोक: चुनाउ आउन केवल पाँच दिन बाकी रहेको छ। यस कम समयमा एसकेएम पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरू पार्टी परित्याग गरी विपक्षी पार्टी एसडीएफमा धमाधम सामेल हुने क्रम निरन्तर भइरहेको एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा दाबी गरेको छ। यस क्रममा आज मार्तम रुम्तेक समष्टिको ७१ परिवार एसडीएफ पार्टीमा विधिवत सामेल बनेको बताइएको छ। साङ बजारमा आयोजित एसडीएफ पार्टीको चुनावी जनसभामा एसडीएफ अध्यक्ष पवन चामलिङले रेमिन्दु वार्डका पञ्चायत अध्यक्ष राजु राई, छुबा वार्डका एसकेएम सोसियल मिडिया प्रभारी अगम राई, वार्डस्थरीय युवा संयोजक विकास राई, वार्डस्तरीय सल्लाकार दवा छिरिङ लेप्चालगायत अन्य सदस्यहरूलाई खदा अर्पण गरी स्वागत जनाएको विज्ञप्तिमा उल्लेख छ।











