२६३ परिवार एसकेएम पार्टीमा सामेल

IMG-20240413-WA0234.jpg

डा. एमके शर्मा चुनाउ हारपछि भागेर राज्य बाहिर गएः मुख्यमन्त्री प्रेम सिंह तामाङ

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनावी विजय भवः जनसभा आज सिङ्ताममा भव्यरूपमा सम्पन्न भयो। आजको जनसभामा मुख्य अतिथिको रुपमा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तामाङले भने “२०१४ मा डा. एमके शर्मालाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले उम्मेद्वारिता दिएको थियो तर उनले हारको सामना गरेपछि फेरि भागेर राज्य बाहिर गएर आफ्नो काममा व्यस्त बनेको किटान गरे। बिचमा धेरै निमन्त्रणा गर्दा पनि उनी राजनीतिक मैदानमा आउन नमाने तर २०१९ को चुनाउ आउन अघि मौका हेरेर फेरि उनी पार्टीको क्रियाकलापमा फर्केर आए पछि सिङ्तामका जनताले विजयी बनाएपछि मन्त्री पद दिएको थियो। तर पार्टीविरुद्धको क्रियाकलापमा लाग्दा पनि पार्टीले उनलाई कहिल्यै अनुसासनात्मक कारवाही गरेन् किनकि उनीमाथि कार्वाही गर्दा सिङ्तामको जनतामाथि अन्याय हुन्छ भन्ने पार्टीको सोंच रहेको मुख्यमन्त्री तामाङले बताए। फेरि उनले मौका हेरेर मन्त्री पदबाट राजनीतिमा दिए। त्यो समय पार्टी अनि सरकारसँग मिलेर काम गर्ने अवस्थामा उनले कहाँबाट मौका आउँछ के निहुँ पाउँ कनिका बुकाउँ भन्ने सरह भएका थिए। तर अब जनताले भगौड़े नेताको पछि लागेर हिँड़े फेरि पनि शर्माले दोबाटोमा पुऱ्याएर जनतालाई बिचल्नी बनाउने अवगत गराए। यसैले अब सिङताम खाम्दोङ निर्वाचन क्षेत्रका जनताले बुझ्ने समय आएको बताए।”

आज सिक्किमको हरेक तप्काको व्यक्तिमा गोलेको लहर चलेको बताउँदै निश्चित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आउने निश्चिम रहेको जानकारी गराए। आज केही दिन समय हुँदा नै सबैले बहुमत दिनको निम्ति एसकेएममा सामेल बन्ने पनि आग्रह पनि गरे। एसकेएम सरकारले जनताप्रति गरेको सेवा र लगाएको गुण फर्काउन सबै तप्काका व्यक्तिहरूले टेबल ल्याम्पमा भोट हालेर दोस्रो पल्ट सरकार बनाउने निश्चित रहेको बताए। आफू सत्तामा हुँदै सिक्किमलाई एटीएम सम्झिनेहरूले सिक्किम बचाउँछु भन्दै हिड़्नेहरूको अबको चुनाउमा जमानत जफ्त हुने किटान गरे। सिक्किमको इतिहासमा प्रथमपल्ट सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि सरकार जनताको नसा नसामा बसेर जनताको सबैभन्दा प्यारो भएको बताए। आजको यस कार्यक्रममा लोकसभाका उम्मेदवार इन्द्रहाङ सुब्बा, मार्ताम रुम्तेकका एसकेएम पार्टीका उम्मेदवार सोनाम भेञेचोङपा, खामदोङ सिङ्तामका उम्मेदवार एनबी दाहाल, तुमिन लिङ्गी निर्वाचन क्षेत्रका एसकेएम उम्मेदवार साम्डुप भोटिया, तिमी नाम्फिङ समष्टिका एसकेएम पार्थी बीएस पन्तको उपस्थिति रहेको थियो। यसै कार्यक्रममाझ आज विभिन्न पार्टीलाई त्यागेर विभिन्न समष्टिबाट २६३ परिवारले आधिकारिक रुपमा पार्टी अध्यक्षबाट झण्डा ग्रहण गरेर आधिकारिक रुपमा सामेल बने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *