गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति चुनाउमा खटिएका अधिकारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा निरन्तर मतदान गरिरहेका छन्। चुनाउमा खटिएका अधिकारीहरूको निम्ति विभिन्न स्थानमा सुविधा केन्द्रको निर्माण गरिएको छ, जहाँ गएर उनीहरूले मतदान गर्न सक्नेछन्। यसरी नै गेजिङ जिल्लाको निम्ति जिल्ला पञ्चायत भवनमा सुविधा केन्द्रको निर्माण गरिएको छ। सोही प्रकारले पाकिम जिल्लाको निम्ति रूरवन कम्पलेक्समा सुविधा केन्द्रको निर्माण गरिएको र चुनाउमा खटिएका अधिकारीहरूले सो स्थानमा गएर मतदान गर्दै आइरहेका छन्। यसरी नै देउरालीस्थित जीएमसीको फुटसल एरिनामा सुविधा केन्द्रको निर्माण गरिएको छ।











