लंग जम्पमा रजत पदकको साथ इतिहास रचे श्रीशंकरले

photocollage_202285114815131.jpg

५ अगस्तः भारतका मुरली श्रीशंकरले बर्मिंघम राष्ट्रमण्डल खेलहरूमा ऐतिहासिक सफलता हासिल गरे। उनले पुरुषहरूका लंग जम्प स्पर्धामा ८.०८ मीटरको जम्प लगाएर रजक पदक जिते। यसरी उनी यस स्पर्धामा रजत जित्ने पहिलो भारतीय बने। यसअघि सुरेश बाबुले १९७८-को खेलहरूमा लंग जम्पमा काँस्य पदक जितेका थिए। पुरुष र महिला मिलाएर चाहिँ यो राष्ट्रमण्डल खेलहरूका लंग जम्पमा भारतको अहिलेसम्मको चौथो पदक हो। अञ्जु बबी जर्जले २००२-मा काँस्य र प्रजुषा मलियाक्कलले २०१०-मा रजत पदक जितेकी थिइन्। वास्तवमा बहामासका मारिन लकुआनले पनि श्रीशंकर जति नै ८.०८ मीटरको जम्प लगाएका थिए तर उनलाई स्वर्ण पदक प्राप्त भयो कारण लकुआनेको दोस्रो सर्वश्रेष्ठ प्रयास श्रीशंकरको दोस्रो सर्वश्रेष्ठ प्रयासभन्दा असल थियो। लकुआनेको दोस्रो सर्वश्रेष्ठ प्रयास ७.९८ मीटरको थियो। यसरी नै श्रीशंकरको दोस्रो सर्वश्रेष्ठ प्रयास ७.८४ मीटरको थियो। उल्लेखनीय छ, श्रीशंकरको नाममा भारतको राष्ट्रिय रेकर्ड पनि रहेको छ। उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८.३६ मीटर रहेको छ। उनले त्यही प्रदर्शनलाई दोहोऱ्याउन सकेको भए पनि स्वर्ण पदक जित्ने थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *