प्यारा पावर लिफ्टिंगमा ऐतिहासिक स्वर्ण पदक जिते सुधीरले

IMG-20220805-WA0101.jpg

५ अगस्तः बर्मिंघम राष्ट्रमण्डल खेलहरूको सातौं दिन पनि भारतको निम्ति असाधारण रह्यो। सातौं दिन भारतको निम्ति सुधीरले प्यारा पावर लिफ्टिंग स्पर्धाको पुरुष हेभिवेट फाइनलमा रेकर्ड प्रदर्शनको साथ स्वर्ण पदक जितेर इतिहास रचे। सुधीर राष्ट्रमण्डल खेलहरूका प्यारा पावर लिफ्टिंग स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो भारीय हुन्। उनले आफ्नो दोस्रो प्रयासमा २१२ किग्रा ओजन उठाएर रेकर्ड १३४.५ अंकको साथ स्वर्ण पदक जिते। उनी आफ्नो तेस्रो प्रयासमा २१७ किग्रा ओजन उठाउन चाहिँ असफल रहे। नाइजेरियाका इकेचुकवु क्रिस्टियन उबिचुकवुले १३३.६ अंकको साथ रजत र स्कटल्याण्डका मिकी युलेले १३०.९ अंकको साथ काँस्य पदक जिते। क्रिस्टियनले १९७ किग्रा अनि युलेले १९२ किग्रा ओजन उठाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *