सोनादा: रूया स्कूल र लाइन्स क्लब घुमको संयुक्त आयोजनामा जोरबंगलोमा रहेको रुया स्कूलको नानीहरू र अन्यलाई लिएर नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त आँखा जाँच शिविरमा आँखा रोग विशेषज्ञ डा दिनेश मण्डल उपस्थित रहेका थिए भने उनको सहयोगीहरु क्रमैले बबिना बीके र सुजला थापा पनि उपस्थित रहेका थिए। उक्त आँखा जाँच शिविरमा रूया स्कूलका नानीहरू साथै स्कूल वरिपरिका मानिसहरू लगाएर लगभग 200 जनाले आँखा जाँच गराएका थिए भनी स्कूलका पक्षमा सदीप विश्वकर्मले जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त आँखा जाँच शिविरमा स्कूलका शिक्षक शिक्षिकाहरूले पनि सहयोग गरेका थिए।










