बाल साहित्य अकादमी पुरस्कार प्रापक खरसाङका साहित्यकार शिशुपाल शर्माको निधन

IMG-20240413-WA0185.jpg

खरसाङ: बाल साहित्य अकादमी पुरस्कार प्रापक खरसाङका साहित्यकार शिशुपाल शर्माको निधन भएको छ। उनको निधन शुक्रबार राती ७९ वर्षको उमेरमा खरसाङको वार्ड नम्बर ३ अन्तर्गत अप्पर डुमारामस्थित घरमा निधन भएको छ। उनी गत केही समयदेखि सुगर र प्रेसर जस्ता बिमारले ग्रसित थिए। उनले आफुपछि पत्नी, दुई छोराहरू, बुहारीहरू र दुईजना नातिनीहरू छोड़ी गएको पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ। उनले २०१२ सालमा बाल साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। शिशुपाल शर्मा खरसाङका प्रतिष्ठित साहित्यकार थिए। उनको अन्तिम संस्कार पनि शनिवार सम्पन्न भएको छ। शिशुपाल शर्माको जन्म ९ मार्च १९४५ मा भएको थियो। पेशाले उनी पश्चिम बंगाल सरकारको विद्युत् विभागमा कार्यरत् रहेर अवकाशप्राप्त भएका थिए। शिशुपाल शर्माको कृतिहरूमा बाल कविता कोसेली (२००६), फक्रन्दैछन् कोपिलाहरू – कविता संग्रह (२००६), धनराज तामाङ – बंगालबाट अनुदित (२०१३), प्रतिशोध -अनुवाद लघु उपन्यास (२०१३), अभय निर्भय -स्वामी विवेकानन्दको महान् वाणीहरू (अनुवाद पुस्तिका), सेतु बन्धन – बंगालबाट अनुदित (२०१३), माछा माछा भ्यागुता – हाँस्य व्यंग्य कविता (२०१६), फेरि महिषासुर वध – अनुदित कथा संकलन (२०१६), नवनिता – अनुदित कृति) आदि प्रकाशित छन्। शिशुपाल शर्माले २०१२ सालमा बाल साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। उनी गोर्खा जनपुस्ताकालय खरसाङ लगायत विभिन्न संघ संस्थाहरूसित संलग्न थिए। उनले साहित्य अकादमी पुरस्कार लगायत अन्य विभिन्न सम्मानहरू पनि प्राप्त गरेका थिए। शिशुपाल शर्माको अन्त्येष्टि कार्य आगामी २३ अप्रेलको दिन सम्पन्न हुने उनको सुपुत्र गुञ्जन शर्माले जानकारी गराएका छन्। साहित्यकार शिशुपाल शर्माको निधनमा गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरिएको पुस्तकालयको मूल सचिव विनोद रसाइलीले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *