लाठीको भरमा गोहीको मुखबाट श्रीमानलाई बचाइन्

Untitled-1-copy-8

एनालिस नाम गरेकी महिलाले आफ्नो श्रीमानलाई १३ फिटको गोहीले झण्डै आधा निलिसकेको अवस्थाबाट पनि जीवितै बचाएकी छिन्। दक्षिण अफ्रिकाका ३७ वर्षीय एन्थोनी जोबर्ट आफ्नो परिवारसँग माछा मार्न गएका थिए। यहाँ एन्थोनीका छोरा जेपीले बाँधमा बल्छी थापेका थिए। बल्छी तान्दै गर्दा त्यो पानीमा कतै अड्कियो। एन्थोनी यसलाई छिटाउन पानीमा गए। एन्थोनीले भने, ‘गोही यहाँ शिकार कुरेर बसेको हुनुपर्छ किनभने त्यो अचानक पानीबाट बाहिर आयो र मेरो खुट्टा आफ्नो बङ्गारामा समातेर मलाई तान्यो। जताततै पानी थियो। त्यसपछि उसले आफ्नो पकड कडा पार्यो र मेरो बेल्टको ठीक तल मेरो अर्को खुट्टा आफ्नो मुखमा लिएर आफ्नो टाउको दायाँ-बायाँ बलपूर्वक हल्लाउन थाल्यो।’

उनले अझ भने, ‘मैले खुट्टा देख्न सकिन, दाँत मात्रै देखेँ। उसको डरलाग्दो आँखाले मलाई मात्र हेरिरहेको थियो र ऊ बिस्तारै गहिरो पानीतिर सर्दै थियो। उसले मलाई गहिरोमा लगेर मलाई पूरै खान्थ्यो होला। यसैबीच हामीसँगै आएका मेरा मालिक जोहान पानीभित्र पसे र मेरो प्यान्टको बेल्ट समाते।’ उनले थप भने, ‘जोहान र गोहीबीच मेरो शरीर तानातान भएजस्तो लाग्थ्यो। यसैबीच, मेरी श्रीमती एनालिस बाँधको किनारबाट लट्ठी लिएर पानीमा आइन्। उसले गोहीको टाउकोमा लगातार लाठी प्रहार गरिन्। पाँच–छह पटक लाठी हानेपछि गोहीको बङ्गारा खुल्यो र ऊ चिप्लिएर पानीमा गयो।’ एनालिसले भनिन्, ‘मलाई थाहा छैन मैले एन्थोनीलाई कसरी बचाएँ, हामीले भर्खरै यो गर्यौं र हामी हाम्रो बाँकी जीवनको लागि यो डरलाग्दो घटना बिर्सन सक्षम हुनेछैनौं।‘[

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *