भक्तपुरमा बिस्केटको रौनक (फोटो फिचर)

Photo-19

काठमाडौं: नयाँ वर्षको पहिलो दिन शनिबार मुलुकको संघीय  राजधानी काठमाडौंसहित आसपासका क्षेत्रहरुमा उत्सवमय वातावरण देखिएको छ। शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक मेलाहरु हेर्ने, विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुमफिर गर्ने तथा मिठा मिठा खानाका परिकारहरु खाएर रमाइलो गरिरहेका छन्।

भक्तपुरमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्नेको घुइँचो लागेको छ। टौमढीस्थित पाँचतले मन्दिरमा जात्रा हेर्न घुइँचो लागेको हो। जात्राका सन्दर्भमा चैत मसान्तका दिन इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते (आज) साँझ त्यसलाई ढाल्ने गरिन्छ। आजै साँझ भक्तपुरको भेलुखेलमा भव्य मेला पनि लाग्ने गरिन्छ।

भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ। लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement