अयोध्या: अयोध्याको रामजन्मभूमि मन्दिरमा शुक्रबार रामललाको सूर्य तिलकको सफल परीक्षण गरिएको छ। सूर्यका किरणहरू ऐनाबाट प्रभुको शिरमा परेका थिए। शुक्रबार दिउँसो १२ बजे वैज्ञानिकहरुको उपस्थितिमा सूर्य तिलक लगाइएको रामजन्मभूमि ट्रष्टले जनाएको छ। सूर्य तिलकको यो एक मिनेट १९ सेकेण्डको भिडियोमा रामललाका मुख्य पुजारी आचार्य सत्येन्द्र दास आरती गर्दैछन्। यसैबीच, सूर्यको किरणले रामललाको निधारमा तिलक लगाउँछ। १७ अप्रेल रामनवमीको अवसरमा दिउँसो ठीक १२ बजे श्री रामको सूर्य तिलक लगाइनेछ। आचार्य सत्येन्द्र दासले सूर्य तिलकको दृश्य अचम्मको रहेको बताए। वैज्ञानिकहरूले गरेको प्रयास धेरै प्रशंसनीय छ। त्रेतायुगमा पनि भगवान श्री रामको जन्म हुँदा सूर्य भगवान एक महिना अयोध्यामा बसेका थिए। आईआईटी रुडकीको सेन्ट्रल बिल्डिङ् रिसर्च इनस्त (सीबीआरआई) ले यो प्रणाली बनाएको हो। परियोजना वैज्ञानिक देवदत्त घोषका अनुसार यो सूर्यको मार्ग परिवर्तन गर्ने सिद्धान्तमा आधारित छ। यसमा एक रिफ्लेक्टर, २ वटा ऐना, ३ वटा लेन्स थिए र किरणलाई काँसाको पाइपबाट शिरमामा पठाइएको थियो। सीबीआरआईका वैज्ञानिक डा प्रदीप चौहानले रामनवमीको मिति चन्द्र क्यालेन्डरले तय गर्ने बताए। सूर्य तिलक समयमै होस् भनी सुनिश्चित गर्न प्रणालीमा १९ वटा गियर जडान गरिएको छ, जसले ऐना र लेन्सको किरणको गति सेकेण्डमै परिवर्तन गर्नेछ।











