कोचबिहार: प्रमिला वाहिनीले लोकसभा चुनाव लड्ने प्रत्येक दलका उम्मेदवारका लागि १३ बुँदे माग राखेकी छन्। कोचबिहार प्रेस क्लबमा पत्रकार सम्मेलन गरेर उनले यसबारे जानकारी दिए। उनले सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थामा महिला र पुरुषलाई समान अवसर दिनुपर्ने, महिला र पुरुषलाई समान कामका लागि समान पारिश्रमिकको व्यवस्था गरिनुपर्ने १३ वटा माग राखेका छन्। प्रमिला वाहिनीका तर्फबाट साजिदा परवीनले आजैदेखि प्रत्येक पार्टीका उम्मेदवारकहाँ गएर उल्लेखित मागहरू अघि बढाउन थाल्ने बताइन्। हाम्रो माग जसलाई स्वीकार गर्छ त्यसलाई समर्थन गर्छौं र यदि ती माग पूरा भएन भने राज्यस्तरमा आन्दोलन पनि गर्नेछौं।











