श्री रामको मूर्ति नेदरल्याण्डमा स्थापना गरिने

Sri-Ram

वाराणसी: अयोध्यामा भगवान श्री रामको प्राण प्रतिष्ठा भएपछि उनको ख्याती विश्वभर फैलिएको छ। अब विदेशमा पनि उनको मूर्ति स्थापना गर्ने तयारी शुरु भएको छ। पहिलो मूर्ति नेदरल्याण्डको हनुमान मन्दिरमा स्थापना गरिने भएको छ। श्रीरामको यो मूर्ति वाराणसीमा बनाइएको छ। यसै महिना यो मूर्तिको अयोध्यामा पूजा गरिने छ र त्यसपछि नेदरल्याण्डमा स्थापना गरिने छ। वाराणसीमा भगवान श्री रामको ५ दशमलव १० फिट अग्लो मूर्ति दुई महिनामा निर्माण सम्पन्न भएको छ। मूर्तिकार कन्हैयालाल शर्माले ढेलवारियास्थित मूर्ति कारखानामा १० सहकर्मी मिलेर यो मूर्ति बनाएका हुन्। यो मूर्ति अयोध्यामा स्थापित श्री रामको प्रतिकृति हो, जुन कालो ग्रेनाइटबाट बनेको छ। उनले अयोध्यामा श्री रामको मूर्ति स्थापना गरेपछि पनि त्यस्तै मूर्ति बनाउन चाहेको बताए। इन्टरनल ब्लिस फाउण्डेशनका निर्देशक राहुल मुखर्जीले श्री रामको यो मूर्तिलाई पहिले अयोध्यामा पूजा गरिने बताए। त्यसपछि नेदरल्याण्डको हनुमान मन्दिरमा स्थापना गरिने भएको छ। संस्थाका संस्थापक स्वामी अखण्ड सम्राट आनन्द महाराजको निर्देशनमा विश्वका धेरै देशमा श्री रामको प्रतिमा स्थापना गरिने भएको छ। नेदरल्याण्डपछि जर्मनी, इटाली, अमेरिका, क्यानडा, बेल्जियम, इङ्ल्ल्याण्ड, अष्ट्रेलियालगायत देशमा स्थापना गर्ने तयारी भइरहेको छ। राहुल मुखर्जीले श्री रामको २४ इन्चको मूर्ति पनि बनाइने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *