इरान-इजरायल तनाव बढेपछि भारतले जारी गर्‍यो हेल्पलाइन नम्बर

img0-012

नयाँ दिल्ली: इरान र इजरायलबीच तनाव बढ्दै गएको छ। इरानले दुई दिनभित्र इजरायलमा आक्रमण गर्नसक्ने संचारमाध्यमको समाचारले दाबी गरेको छ। यसैबीच अमेरिकाले आफ्नो युद्धपोत इजरायल पठाएको छ। संचारमाध्यमको समाचारअनुसार अमेरिकाको विमान वाहक युएसएस ड्वाइट आइसेनहोवर लाल सागर हुँदै इजरायल पुग्दैछ। यो इरानले प्रहार गरेको मिसाइल र ड्रोनलाई रोक्न सक्षम छ। यहाँ भारत अमेरिका, इंग्ल्याण्ड, रुस, फ्रान्स र जर्मनीलगायत ६ देशले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेका छन्। जसमा नागरिकलाई इरान र इजरायल नजान आग्रह गरिएको छ। १ अप्रेलमा इजरायलले सिरियामा इरानी दूतावास नजिकै हवाई आक्रमण गरेको थियो। जसमा इरानका दुई शीर्ष सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो। यसपछि इरानले बदलास्वरूप इजरायलमाथि हमला गर्ने धम्की दिएको थियो। यसैबीच भारतले हेल्पलाइन नम्बर जारी गरेको छ, र एयर इण्डियाले इरानको हवाई क्षेत्र प्रयोग गर्न बन्द गर्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *