सिलगढी: प्रधाननगर थानाले लुटपाट गर्ने उद्देश्यले भेला हुने पाँच युवालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट लुटपाटमा प्रयोग हुने विभिन्न उपकरण बरामद भएको छ। शनिबार अबेर राति सिलगढी प्रधाननगर थाना अन्तर्गत श्रीगुरु विद्यामन्दिर स्कुलको मैदानमा १० देखि १२ जना सम्म लुटेराहरुको गिरोह जम्मा भएको जानकारी पुलिसले पाएको थियो। प्रहरीले त्यहाँ छापा मारेको थियो। प्रहरीको गाडी देखेर बाँकी भाग्न सफल भएपनि पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालका अरुण विश्वकर्मा, सिक्किमका क्रिस लिम्बु, दार्जिलिङ मोर सिलिगुडीका सुरज क्षेत्री, सिक्किमका मुकेश विश्वकर्मा र जयगाउँका राजेश शाह रहेका छन्। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।
About Author
Post Views: 6