बीरपाड़ामा सुपर कपको दोस्रो सीजन २५ अगस्तदेखि

IMG-20220804-WA0208.jpg

४ अगस्त: बीरपाड़ा बादाहाउदा देविसिमुल सर्व समाज (Birpara Badahauda Devisimul Sarva Samaj)-को तत्त्वावधानमा आउँदो २५ अगस्तदेखि सुपर कप २०२२ फूटबल टुर्नामेण्टको सीजन २-को आयोजन गरिनेछ। यस चारदिने फूटबल टुर्नामेण्टको फाइनल २९ अगस्तमा खेलिनेछ। बीरपाड़ा फरेष्ट (जारिप) मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ७ हजार रुपियाँ तोकिएको छ। टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति १४ अगस्त तोकिएको छ। गत वर्ष भएको सुपर कपको पहिलो सीजनमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement