बीजेपीका उम्मेदवार जयंत कुमार रायले बेलाकोभामा र्‍यालीमार्फत गरे प्रचार

1e21e1c3-e833-4015-ba66-8fcf248b81b8-1024x576.jpg

राजगञ्ज: भाजपाका उम्मेदवार जयन्त कुमार रायले बेलकोभामा र्‍यालीमार्फत प्रचार प्रसार गरेका छन्। आज जयन्त कुमार रायले जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रको राजगञ्ज विधान सभाको बेलाकोवा क्षेत्रमा ढाक र ढोल बजाएर प्रचार गरे।उनले बेलकोभामा विवेकानन्द मोडदेखि र्‍याली निकालेर बेलकोभाका विभिन्न क्षेत्रमा चुनावी प्रचार र जनसम्पर्क गरेका थिए। उक्त र्‍यालीमा धेरै कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो। यस सम्बन्धमा जयन्तकुमार रायले सर्वसाधारणबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *