उत्तर बंगालमा  तृणमूल कांग्रेसलाइ जिताउन मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् आहवान  

IMG-20240413-WA0154

सिलगढी: राज्यको मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी सुप्रिमो ममता ब्यानर्जीले सिलगढी नजिकैको जबराभिटा जुनियर हाई स्कूलमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै भाजपा विरुद्ध गर्जिन्। तृणमूल सुप्रिमोले पनि सीपीआईएम र कांग्रेसलाई कटाक्ष गरिन्l उनले भनिन्, ‘तृणमूलको सीपीआईएम र कांग्रेससँग कुनै गठबन्धन छैन। त्यसैले तपाई जनताले भाजपा, सीपीआईएम र कांग्रेसलाई भोट दिनु हुँदैन।‘ उनले उत्तर बंगालमा तृणमूलको जितको लागि अपील गरिन्l  शनिबार उनले तृणमूल उम्मेद्वार निर्मल चन्द्र रायको समर्थनमा सिलगढीमा आयोजित र्‍यालीमा उनले केन्द्रबाट भाजपालाई उखेल्ने सन्देश दिइन्। उनले जनतालाई भनिन्, ‘बंगालमा सीपीअईएम र कांग्रेससँग तृणमूलको कुनै सम्बन्ध छैन। त्यसैले उनीहरुले एक भोट पनि हाल्नु पर्दैन। सीपीआईएम, कांग्रेस र भाजपा सबै एकजुट भएका छन्।‘ उनले भनिन्, ‘तृणमूलले के अपराध गर्यो? उत्तर बंगालका जनताले भाजपालाई धेरै पटक भोट दिए। राज्य सरकारले जनताको हितका लागि कन्याश्री, लक्ष्मी भण्डार, निःशुल्क राशनलगायतका सुविधा उपलब्ध गराएको छ।‘ त्यसैले यस पटक टीएमसीलाई भोट गर्न अपील गरिन्। शनिबार सिलगढीमा भएको बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जी भावुक भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement