आईएनडीआईए गठबन्धनद्वारा आफ्नो उम्मेदवारलाई जिताउन अपिल

IMG-20240413-WA0152

सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी जलपाईगढी जिल्लामा प्रचारप्रसारमा व्यस्त हुँदा दार्जिलिङ जिल्ला एसएफआई र डीवाईएफआईले तृणमूल सरकारलाई भ्रष्ट भन्दै शहरमा र्‍याली निकाल्यो। बाघजातिन पार्कबाट निस्केको जुलुस विभिन्न रुट हुँदै नगरको सेवक रोडस्थित पायल सिनेमा हल अगाडि समापन भयो। र्‍यालीमा उपस्थित एसएफआई जिल्ला सचिव अंकित डेले राष्ट्रिय शिक्षा नीतिको नाममा शिक्षा बर्बाद गर्ने प्रयास तत्काल खारेज गर्नुपर्ने बताए। लोकसभा चुनावमा भ्रष्ट तृणमूल कांग्रेस र दंगाग्रस्त भाजपालाई परास्त गर्नुका साथै उनले आफ्नो मनोनीत गठबन्धनका उम्मेद्वार डा. मुनिष तामाङ र सीपीएम उम्मेदवार देवराज बर्मनलाई जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रबाट जिताउन अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement