दोस्रो ओलम्पिक क्वालीफिकेशन टुर्नामेण्टको निम्ति ९ सदस्यीय बक्सिंग टीमको चयन

IMG-20240413-WA0149.jpg

नयाँ दिल्ली: भारतीय बक्सिंग महासंघ (बीएफआई)-ले पेरिस ओलम्पिक खेलहरूको दोस्रो विश्व क्वालीफिकेशन टुर्नामेण्टमा भारतको प्रतिनिधित्व गर्न २०२२ कमनवेल्थ गेम्स च्याम्पियन अमित पंघाल (५१ किग्रा) र वर्ल्ड च्याम्पियनशीपका काँस्य पदक विजेता निशान्त देव (७१ किग्रा) सहित ९ जना बक्सरको चयन गरेको छ। ओलम्पिक क्वालीफिकेशन टुर्नामेण्टको आयोजन २३ मईदेखि ३ जूनसम्म थाईल्याण्डको ब्यांककमा हुनेछ। हालै स्ट्रेण्ड्जा मेमोरियल टुर्नामेण्टमा स्वर्ण पदक जित्ने वर्तमान नेशनल च्याम्पियन पंघाल अहिले असल लयमा देखिएका छन्। यसरी निशान्त मार्चमा इटलीमा भएको पहिलो ओलम्पिक क्वालीफिकेशनको अन्तिम चरणमा पुगे पनि ओलम्पिक कोटा हासिल गर्नदेखि चुकेका थिए। यी दुईको साथमा एक अन्य स्ट्रेण्ड्जा स्वर्ण पदक विजेता तथा नेशनल च्याम्पियन सचिन (५७ किग्रा), २०२२ एशियन गेम्सका काँस्य पदक विजेता नरेन्द्र बेरवाल (प्लस ९२ किग्रा) र नेशनल च्याम्पियन सञ्जीत कुमार (९२ किग्रा) पनि रहनेछन्। अभिनाश जामवाल (६३.५ किग्रा) र अभिमन्यु लूरा (८० किग्रा) पनि त्यस टीमको हिस्सा छन्, जसले आ-आफ्नो श्रेणीमा पेरिस २०२४-को कोटा हासिल गर्न प्रतिस्पर्धा गर्नेछन्। यसरी पूर्व युथ वर्ल्ड च्याम्पियन अंकुशिता बोरो (६० किग्रा) र वर्तमान नेशनल च्याम्पियन अरुन्धति चौधरी (६६ किग्रा)-ले पनि महिल वर्गमा अझ दुईवटा कोटा जोड़्ने प्रयास गर्नेछिन्। इटलीमा भएको पहिलो ओलम्पिक क्वालीफायरमा भाग लिने टीममा पाँचजना नयाँ खेलाड़ी सामेल गरिएको छ। पहिलो क्वालीफायरमा ६६ किग्रा वर्गमा हिस्सा लिने अंकुशिताले यसपाली ६० किग्रा वर्गमा प्रतिस्पर्धा गर्नेछिन्। भारतले अगावै पेरिस जाने ४ वटा कोटा हासिल गरेको छ। एशियन गेम्समा प्रभावशाली प्रदर्शनको साथ निकहत जरीन (५० किग्रा), प्रीति (५४ किग्रा), परवीन हुडा (५७ किग्रा) र लवलीना बोरगोहेन (७५ किग्रा)-ले ओलम्पिकमा स्थान पक्का गरिसकेकी छन्। दोस्रो ओलम्पिक क्वालीफायरमा जम्मा ५१ वटा ओलम्पिक कोटा रहनेछ। यसमा पुरुषहरूका निम्ति २८ र महिलाहरूकी नम्ति २३ वटा कोटा सामेल छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *