केन्द्रद्वारा विधायक बीपी बजगाईंको सुरक्षा गार्ड वापस

IMG-20240413-WA0148.jpg

बजगाईद्वारा राज्य सरकार समक्ष सुरक्षाको मांग

दार्जीलिङ: यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्ट विरूध्द प्रार्थीको रूपमा खड़ा भएका खरसाङका भाजपा विधायक बीपी बजगाईले आफ्नो सुरक्षा गार्डहरू केन्द्रले खोसिदिएको भन्दै अब यो चुनावको समय राज्य सरकारले सुरक्षा दिनु पर्ने मांग गरेका छन्। सांसद राजु विष्टविरुद्ध नै विद्रोही भएर उम्मेदवारी दर्ता गराएका खरसाङका भाजपा विधायक विष्णुप्रसाद शर्मा (बीपी बजगाई) को शनिबार बिहानैदेखि केन्द्रले आफ्नो एक्स श्रेणीको राष्ट्रिय स्तरको सुरक्षा फिर्ता लिएपछि अब सुरक्षा दिन बंगाल सरकारसँग मांग गरेका छन्। दार्जीलिङमा पत्रकारहरूसित कुराकानी गर्दै बीपी बजगाईले भाजपाका उम्मेदवार राजु विष्टविरुद्ध उम्मेदवारी दिएकाले आफ्नो सुरक्षामा पहिलेको तुलनामा खतरा बढेको शर्माले दाबी गरेका छन्।
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘पहिलेभन्दा मेरो सुरक्षामा खतरा बढेको बेला र विशेष गरी चुनावका बेला सुरक्षाको खतरा झनै बढेको बेलामा मध्यरात १२:३० बजेदेखि केन्द्र सरकारले मेरो सुरक्षा फिर्ता लिएको छ। राजनीतिक विकृतिका कारण सुरक्षाकर्मी फिर्ता गर्दा मेरो लागि खतरा बढेको छ। यसकारण म पश्चिम बंगाल पुलिसद्वारा २४ घण्टा नै मलाई सुरक्षा प्रदान गर्न अनुरोध गर्दछु भनी मांग गर्दछु।’
बीपी बजगाईले यसपालीको लोकसभा चुनावमा प्रार्थीको रुपमा खड़ा भएको आफ्नो सुरक्षामा खतरा भएको भन्दै दार्जिलिङ जिल्ला पुलिस अधीक्षकलाई पत्रचार गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *