नव वर्ष २०८१ को अवसरमा खरसाङमा सांस्कृतिक शोभा यात्राको आयोजना

IMG-20240413-WA0139.jpg

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नेपाली नयाँ वर्ष २०८१ सांस्कृतिक शोभा यात्राको साथमा भव्य रूपमा पालन गरिएको छ। खरसाङको आईएनए बस टर्मिनसबाट खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूका उपस्थितिमा शुरु भएको सांस्कृतिक शोभा खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्ड र रेलवे स्टेशनन भएर खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा पुगेर समापन भएको छ।

उक्त सांस्कृतिक शोभा यात्रामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरू साथै विभिन्न तहका मानिसहरू गोर्खा जातीय सांस्कृतिक पहिरनको साथमा सहभागिता जनाएका थिए। आफ्नो आफ्नो संस्थाहरूको ब्यानरको साथमा विभिन्न जातीय पोशाकमा गीत र नृत्यको साथमा नेपाली नयाँ वर्ष २०८१ लाई हर्षोल्लासको साथमा पालन गरिएको छ। उक्त सांस्कृतिक शोभा यात्रामा भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामा पनि विशेष उपस्थित रहेका थिए। उनीसितै पूर्व सांसद शान्ता छेत्री, भागोप्रमोका नेतृत्वहरु साथै गोर्खा सांस्कृतिक संस्थान खरसाङ र गोर्खा जनपुस्ताकालय खरसाङको प्रतिनिधिहरू लगायत खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

नव वर्ष २०८१ को अवसरमा खरसाङमा निकालिएको सांस्कृतिक शोभा यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामाले नेपाली गोर्खाहरूको नव वर्ष २०८१ भव्य रूपमा पालन गर्नलाई सांस्कृतिक शोभा यात्रा निकालिएको जनाउँदै यस सांस्कृतिक शोभा यात्रा खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा पुगेर समापन हुने अनि जातीय विभूति सम्मान कार्यक्रम सम्पन्न हुने जानकारी गराएकी छन्। उनले बताए अनुसार उक्त विभूति सम्मान कार्यक्रममा पद्माश्री पुरस्कार प्रापक वैज्ञानिक डा. एकलव्य शर्मा, शान्ति लघु चलचित्रका निर्देशक विवेक राई, यसै फिल्मका पटकथा लेखिका छिमी ओङ्मु, वरिष्ठ साहित्यकार एंव साहित्य अकादमी पुरस्कार प्रापक युध्दवीर राणा, राष्ट्रिय स्तरमा खरसाङको नाम उच्च राख्ने फुटबल प्रशिक्षक क्रिस्पिन छेत्री आदिलाई विशेष सम्मान जनाइने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *