जलपाईगढी: भोटिङका लागि पाँच दिन मात्र बाँकी रहेकाले समय निकै कम छ। जलपाईगढीमा १९ अप्रेलमा चुनाव हुँदैछ। सबै दलका नेताहरु आ–आफ्नो शक्ति लगाएर बसेका छन्। यसै सिलसिलामा जलपाईगढी लोकसभा क्षेत्रका वामपन्थी उम्मेदवार देबराज बर्मनले मतदातालाई आकर्षित गर्न ढाक ढोलका साथ प्रचार गरिरहेका छन्, जसमा जलपाईगढी लोकसभा क्षेत्रका वामपन्थी उम्मेदवार देबराज बर्मनको समर्थनमा कार्यकर्ताहरूले शनिबार र्याली निकालेका छन्। देबराज बर्मनले आज जलपाईगढी जिल्लाको राजगञ्ज, परेश नगर, डाबग्राम इलाकामा चुनावी प्रचारका लागि निस्केका छन् र जनतालाई भोट गर्न आग्रह गरेका छन्। जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रबाट कांग्रेस समर्थित वाम मोर्चाका उम्मेदवार देवराज बर्मनले बजार, पसल, गल्ली र सडकमा पुगेर आफ्नो लागि भोट मागेर जनसम्पर्क गरिरहेका छन्।