आज ममता बेनर्जीले सिलगढीमा निर्मलचन्द्र रायको समर्थनमा जनसभा गर्ने

IMG-20240413-WA0121.jpg

सिलगढी: राज्यको मुख्यमन्त्री ममता बेनर्जीले शनिबार सिलगढी नजिकैको डबग्राम-फुलबारीमा चुनावी सभालाई सम्बोधन गर्ने छिन्। जसको तयारी लगभग पूरा भएको छ। योसँगै मानिसको भीड लाग्न थालेको छ। मुख्यमन्त्री ममताले जलपाईगुडी लोकसभा केन्द्रबाट तृणमूल उम्मेदवार निर्मल चन्द्र रायको समर्थनमा फुलबारी विधानसभा क्षेत्रको गाँउको जबराभिता जुनियर हाई स्कूलमा चुनावी सभालाई सम्बोधन गर्नेछिन्।

उल्लेखनीय छ कि मुख्यमन्त्री ममता बनर्जीले अप्रिल ४ मा मालबाजार विधानसभा र अप्रिल ५ मा जलपाईगुडी विधानसभामा बैठकहरू सम्बोधन गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement