मालदा: मालदा जिल्लाको चञ्चल थाना अन्तर्गत कालीग्रामको बस डिपो नजिकैको आँपको बगैचामा शनिबार बिहान एक व्यक्तिको झुण्डिएको लाश भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ। बिहानै यात्रुहरूले झुण्डिएको लाश देखेपछि चञ्चल थानाको पुलिसलाई जानकारी दिए।पुलिसले लाश निकालेर पोस्टमार्टमको लागि मालदा मेडिकल कलेज र अस्पतालमा पठाएको थियो। मृत्यु हुनेको नाम सञ्जय महलदार (उमेर ३८ वर्ष) रहेको छ। उनी पेशाले मिस्त्री थिए । मृतकका श्रीमती र दुई छोरा छन्। स्थानीय स्रोतका अनुसार केही वर्षअघि दुईजनाको साझेदारीमा सञ्जयले लटरी टिकटबाट पहिलो पुरस्कार १ करोड पाएका थिए, त्यसपछि सञ्जयले बैंकबाट ठूलो ऋण लिएका थिए। सम्बन्धित बैंकका कर्मचारीले उनलाई ऋण तिर्न दबाब दिइरहेका थिए। सञ्जयको घरमा पटकपटक बैंकका कर्मचारी गएर पैसा मागेका थिए। पुलिसले यस घटनाको छानबिन गरिरहेको छ।








