जलपाईगढीमा तृणमूलको चुनावी जुलुस

IMG-20240413-WA0118

जलपाईगढी: शिव, दुर्गा, काली, गणेश, राधा, कृष्णका साथै राम, लक्ष्मण र सीताका चित्रहरूसहितको चुनाव प्रचार जुलुस जलपाईगढी शहरमा निकालियो। नगरपालिकाको वार्ड नम्बर ८ को तृणमूल कमिटीले निकालेको जुलुसमा ठूलो संख्यामा क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो। जुलुसले जलपाईगुडी शहरका विभिन्न मार्गको परिक्रमा गरी विभिन्न देवी-देवताका चित्रहरू राखेको थियो। जिल्ला तृणमूल नेता तथा नगरपालिका उपाध्यक्ष सैकत चटर्जीको नेतृत्वमा यो जुलुस निकालिएको थियो। चुनावी अभियानमा शिव, दुर्गा, काली, गणेश, राधा, कृष्णका साथै राम, लक्ष्मण, सीतालगायतका विभिन्न देवताको तस्बिर बोकेर महिलाले प्रचारप्रसार गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement