अमेरिकाबाट दार्जीलिङकी सुपरिचित गायिका डोमा शेर्पाको शेर्पा गीत सार्वजनिक (हेर्नुहोस् भिडीयो)   

Doma-Sherpa

दार्जीलिङ: दार्जीलिङ, सिक्किम हिमाली भेककी सुपरिचित गायिका डोमा शेर्पाले अमेरिकाबाट हिजो (१२ अप्रेल) पारम्परिक शेर्पा गीत ‘टाशी सोलु’ युट्युबमका सार्वजनिक गरेकी छिन्l सोनादा निवासी गायिका डोमा शेर्पाले यो गीत नेपाली नयाँ वर्ष २०८१ को छेक पारेर सार्वजनिक गरेकी हुन्l सोनादाको होली क्रस स्कूलमा शिक्षिका रहेकी डोमा शेर्पाले गएको एक वर्षदेखि अमेरिकालाई आफ्नो कर्मथलो बनाएकी छिन्l हाल उनी अमेरिकाको वाशिंगटन स्थित फ्राइडे हार्बरमा छिन्l

हिजो उनले युट्युबमा सार्वजनिक गरेरको शेर्पा गीत दार्जीलिङको सुर शर्मिला म्युजिकमा गरिएको हो भने यसको संगीत संयोजन दार्जीलिङका सुपरिचित संगीतकार सुरेन बर्मेले गरेका हुन्l यसको मूल गीत सोनादका स्व० पेम दावा शेर्पा र सोनादा शेर्पा कल्चरल सोसाइटीले उपलब्ध गराएको डोमा शेर्माले अमेरिकाबाट बताएकी छिन्l गीतलाई सम्पादन गर्ने कार्य अमेरिका नै कर्मथलो बनाएका देण्डी शेर्पा थाकतोले गरेका छन्l गायिका डोमा शेर्पाले आफ्नो टोलीका सदस्यहरू सोनादाका निमकिली शेर्पा, मिङ्मा लमु शेर्पा (आनी माइली), पासाङ निमा शेर्पा (अमेरिका), उर्गेन छिरिङ भुटिया र निमा लम्हु शेर्पालाई आभार प्रकट गर्दै धन्यवाद जनाएकी छिन्l ३१ वर्षको आफ्नो सांगीतिक यात्रामा डोमा शेर्पाले दर्जनौं नेपाली गीतहरू गाइसकेकी छिन् भने साथमा नेपाली म्युजिक भिडीयोहरू पनि निकालेकी छिन्l दार्जीलिङदेखि सिक्किम, नेपाल, लद्दाख, अस्ट्रेलियामा उनले आफ्नो कार्यक्रमहरू प्रस्तुत गरिसकेकी छिन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *