हारको निम्ति खराब फील्डिंगलाई जिम्मेवार ठहऱ्याए केएल राहुलले

IMG-20240413-WA0109.jpg

लखनऊ: आईपीएल २०२४-को २६औं म्याचमा लखनऊ सुपर जाइण्ट्सले दिल्ली क्यापिटल्स विरुद्ध ६ विकेटले हारको सामना गर्नु पऱ्यो। म्याचमा लखनऊ सुपर जाइण्ट्सले हताशाजनक शुरुवातपछि १६७ रन बनाएको थियो। त्यसपछि दिल्ली क्यापिटल्सले १८.१ ओभरमै १७० रन (४ विकेट) बनाएर म्याच जित्यो। पाँचौं म्याचमा दोस्रोपल्ट हारको सम्मुखीन भएपछि निराश लखनऊका कप्तान केएल राहुलले भने, स्पष्ट कुरा गर्दा हामीले १५-२० रन कम्ती बनायौं। हाम्रो शुरुवात राम्रो भएको थियो तर त्यसको फाइदा उठाउन सकेनौं। हामीले १८० रन बनाउन सक्ने थियौं। आजको पीचमा सीमर्सका निम्ति सामान्य सहायता थियो। केही बल कम्ती बाउन्स भइरहेको थियो। कुलदीपले त्यसको फाइदा उठाए। यसबाहेक केही नयाँ खेलाड़ीहरू आइरहेको छन्, जसबारे हामी अज्ञात हुन्छौं। राहुलले भने, उनले (जेक फ्रेसर-म्याकगर्क) बललाई असल तरिकाले हिट गरिरहेका थिए अनि यसको श्रेय उनलाई जान्छ। हामी सदा एउटै मानसिकताको साथ खेल्छौं अनि त्यो हो सही क्षेत्रहरूमा प्रहार गर्नु। हामीले पावरप्लेमा वार्नरको विकेट पायौं तर सेट ब्याटर पन्त र म्याकगर्कक क्याच छोड़्नु हामीलाई महँगो साबित भयो। आईपीएल जस्तो टुर्नामेण्टमा यस्तो गल्ती सदा महँगो साबित हुन्छ।
म्याचको कुरा गर्दा इकाना स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्ने लखनऊ सुपर जाइण्ट्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो। एक समय त टीमको स्कोर १३औं ओभरमा ९४ रनमा ७ विकेट रहेको थियो। त्यहाँबाट अयुष बडोनीले अविजित ५५ रन बनाएर टीमलाई असल स्थितिमा पुऱ्याए। उनले अरशद खान (अविजित २०)-सँग मिलेर आठौं विकेटको निम्ति ७३ रनको अटूट पार्टनरशीप गरे। बडोनीले ३५ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यी दुईबाहेक कप्तान केएल राहुलले ३९ रन बनाए। दिल्लीका बलरहरूमा कुलदीप यादवले ३ र खलील अहमदले २ विकेट लिए। त्यसपछि दिल्ली क्यापिटल्सले ११ बल बाँकी रहँदै म्याच जित्यो। डेविड वार्नर (८) शुरुमै आउट भए पनि आईपीएलमा पहिलो म्याच खेलिरहेका फ्रेसर-म्याकगर्कले अर्द्धशतक बनाएर टीमलाई जीतको नजिक पुऱ्याए। यस २२ वर्षीय अष्ट्रेलियाई ब्याटरले ३५ बल खेलेर ५ वटा छक्का र २ वटा चौकाको साथ ५५ रन बनाए। यसबाहेक कप्तान रिषभ पन्तले ४१ र पृथ्वी सावले ३२ रनको योगदान दिए। फ्रेसर-म्याकगर्कले पन्तसँग मिलेर तेस्रो विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरे। पन्तले २४ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। ट्रिस्टन स्टब्स १५ र साई होप ११ रनमा अविजित रहे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *