गेजिङ: गेजिङ जिल्लामा आज कुल २६ जनाले पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान गरे। आम चुनाउ २०४ लाई ध्यानमा राख्दै क्योङ्गसा स्टेडियम र गेजिङ जिल्ला पञ्चायत भवनमा पोस्टल ब्यालेटद्वारा मतदानको निम्ति सुविधा केन्द्रहरू स्थापित गरिएका छन्।पोस्टल ब्यालेट मतदान सॉंझ ५ बजी समाप्त भएको थियो। चुनाउ सम्बन्धित सम्पूर्ण प्रक्रिया प्रतिभागी उम्मेदवारहरूका एजेन्ट्सको उपस्थितिमा सम्पन्न गरियो। १३ र १४ अप्रेलका दिन आवश्यक सेवा र अनुपस्थित मतदाताहरूको निम्ति गेजिङ जिल्ला पञ्चायत भवनमा मतदानको व्यवस्था गरिएको छ।