गान्तोक जिल्लामा पोस्टल ब्यालेट भोटिङको चौथो दिन कुल ९५२ भोट

n5997571081712949041689f4c81ce14b09da02d7814f938d7ac74f7e3c8fc9e9d2852a8124ea8a3537a173.jpg

गान्तोक: गान्तोक जिल्लामा पोस्टल ब्यालेट भोटिङको आज चौथो दिन कुल ९५२ मतदाताले भोट हाले। मतदान कर्मीहरूले बुर्तुकको डीआईईटी कलेजमा मतदान गरे। मतदान कर्मी बाहेक अन्य अधिकारीहरूले जीएमसी फुटसल एरिना (एफसी २) को हल १ मा तथा हल २ मा आवश्यक सेवाका कर्मचारीहरूले मतदान गरे। यसैगरी, पाल्जोर स्टेडियममा सिक्किम सशस्त्र बलका जवानहरूले मतदान गरे।

जानकारी अनुसार, डीआईईटी कलेज, बुर्तुकमा ३२३ जनाले भोट हाले। यसरी नै जीएमसी फुटसल एरिनाको हल १ मा १४९ र हल २ मा ३६६ जनाले मतदान गरे। पाल्जोर स्टेडियममा कुल ११४ जनाले मतदान गरे। विगत चार दिनमा गान्तोक जिल्लामा कुल ३२४२ जनाले पोस्टल ब्यालेटको माध्यमद्वारा मतदान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *