नाम्ची जिल्लामा ब्यालेटबाट कुल ३३४२ मतदान

IMG-20240412-WA0325.jpg

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत तीनवटा पोस्टल ब्यालेट सुविधा केन्द्रमा आम चुनाउ २०२४ मा संलग्न कर्मचारीहरुको पोस्टल ब्यालेटबाट चार दिनसम्म चलेको मतदान आज सफलतापूर्वक सम्पन्न भएको छ। नाम्ची जिल्लामा गत ९ अप्रेलदेखि पोस्टल ब्यालेटमार्फत मतदान सुरु भएको थियो भने आज अर्थात १२ अप्रेलमा सम्पन्न भएको हो।

आज अन्तिम दिन कुल ७२९ सरकारी कर्मचारीहरूले सिक्किम विधानसभा क्षेत्र र लोकसभा सीटको लागि आफ्नो मतदान गरे। हालसम्म नाम्ची जिल्ला अन्तर्गत पोस्टल ब्यालेटबाट कुल ३३४२ कर्मचारीले निर्वाचन प्रक्रियामा भाग लिएका छन्। चुनाउमा खटाइएका कर्मचारीहरूले बिहान १० बजीदेखि सॉंझ ५ बजीसम्म सहजीकरण केन्द्रमा मतदान प्रक्रियामा भाग लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *