२१ मईः युवा खेलाड़ीहरूलाई असल शिक्षाको साथमा फूटबलको विश्व स्तरीय प्रशिक्षण प्रदान गर्ने उद्देश्यले सिलगढ़ीमा शुरु गरिएको सञ्जु सेलेसियन फूटबल एकाडमी र सेलेसियन कलेजको प्रयासमा आउँदो २८ मई, आइतवारको दिन एउटा प्रदर्शनी म्याचको आयोजन गरिनेछ। सेलेसियन कलेज मैदानमा हुने यस प्रदर्शनी म्याचमा सञ्जु सेलेसियन फूटबल एकाडमी र नेशनल अल स्टार टीमबीच भिड़न्त हुनेछ। नेशनल अल स्टार टीममा निर्मल छेत्री, नादोङ भूटिया, विकास जैरु र एकाडमीका प्रमुख सञ्जु प्रधानसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका धेरैजना दिग्गज फूटबलरहरूले हिस्सा लिनेछन्। म्याच दिउँसो १.३० बजीदेखि शुरु हुनेछ।