गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको योक्सम-टाशीडिङ निर्वाचन क्षेत्रका उम्मेदवार छिरिङ टि. भोटियाले आफ्नो चुनावी प्रचार प्रसार अभियान कार्यक्रम अन्तर्गत घरदैलो अभियान गर्दै दुर्गम गाउँहरु जस्तै लामाथाङ र सामतेक गाउँ पुगेर स्थानीय जनतासँग प्रत्यक्षरूपमा भेट गरे।
गाडीको बाटो छोडेर लगभग दुई किलोमिटर ठाडो उकालो पैदल हिँडेर आफ्नो चुनावी प्रचार प्रसार अभियानमार्फत लामाथाङ गाउँ पुगेका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको योक्सम-टाशीडिङ निर्वाचन क्षेत्रको उम्मेदवार छिरिङ टि भोटियालाई स्थानीय जनताले स्वागत जनाए।
स्मरण गराइन्छ, विगतमा लामाथाङ गाउँ सडक सम्पर्क विहिन गाउँ रहेको थियो, विगतका पच्चीस वर्षे एसडीएफ पार्टीको सरकारमा लामाथाङ गाउँलाई अवहेलना गरेको र स्थानीय जनताको लामो समय देखिको सडक निर्माणको माग पुरा गरेको थिएन्। तर २०१९ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएलगत्तै सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको कुशल नेतृत्वको फलस्वरूप र उनको निर्देशनमा लामाथाङ गाउँलाई तून किलोमिटर लामो सडक अनुमोदन गरिदिएको हाल उक्त सडकको निर्माण कार्य सुचारूपमा सञ्चालन भइरहेको छ। लामाथाङ गाउँबासी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवार छिरिङ टि. भोटियालाई जिताउने अभियानमा जुटेको बताउँदै, उम्मेदवार भोटिया योक्सम टासीडीङ छेत्रमा खण्ड विकास अधिकारी र महकुमा अधिकारीको पदमा हुँदा उनले जनताको सेवा निःस्वार्थ भावना लिएर गरेको हुनाले अब जनताले त्यो गुण फर्काउने विचार बनाएका छन्।









