साम्डुप छिरिङ भोटियाले गरेर स्थानीयहरूसँग अन्तक्रिया

IMG-20240412-WA0319.jpg

गान्तोक: तुमिन लिङ्गी निर्वाचन समष्टिमा एसकेएम पार्टीको चुनावी प्रचार प्रसार अभियान तीव्र गतिमा चलिरहेको छ। यस निर्वाचन क्षेत्रका उम्मेद्वार साम्डुप छिरिङ भोटियाले निरन्तर रूपमा घरदैलो अभियान मार्फत जनताको घर-घरमा पुगेर भेटघाट र अन्तर्किया गरिरहेका छन्। यसै क्रममा आज डिक्चु जाङ वार्डमा घर दैलो अभियान सञ्चालन भयो। यस अवसरमा उम्मेद्वार साम्डुप छिरिङ भोटियाको साथमा जिल्ला एवं ग्राम पञ्चायत सदस्य, सीएलसी, कार्यकारिणी, डबल्युएलसी कार्यकारिणी तथा सम्पूर्ण युवा तथा नारीहरुको उपस्थिति रहेको थियो। स्थानीयहरू एसकेएम पार्टीका उम्मेद्वार साम्डुप छिरिङ भोटियाको पक्षमा रहेको र सबैले समर्थन जनाउँदै चुनाउमा भोटियालाई अवश्य पनि विजयी गराउने बचन दिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement