गान्तोक: एसकेएम पार्टीले शुरू गरेको चुनावी सभा अन्तर्गत आज राजधानीस्थित गार्डस ग्राउण्डमा भव्यरूपमा सम्पन्न भयो। यस अवसरमा पार्टी अध्यक्ष एवम मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व लोकसभा सांसद इन्द्र हाङ सुब्बाले मेरो उद्देश्य सिक्किमको भविष्य़को निम्ति काम गर्नु र लोकसभामा पनि सिक्किमे जनताको हितमा कुरा उठाएको जानकारी गराए। सिक्किमको मुद्दाहरूमा आफूले लोकसभामा निरन्तर कुरा उठाउँदै आएको दावी गरे, तर उक्त मुद्दा केन्द्र सरकारको अधिनस्थ रहेको हुँदा अहिलेसम्म थाँतीमा रहेको बताए। राज्यका १२ जातिलाई जनजातिको मान्यता दिलाउनको निम्ति पनि लोकसभामा निरन्तर आवाज उठाएको अवगत गराए। दसवर्षसम्म सांसद बनेकाहरूले आफूले दसवर्षसम्म सिक्किमे जनताको निम्ति के के काम गरे त्यसको हिसाब किताब बुझाउनु पर्ने सुझाउ दिए। झुटो आश्वासन दिएर दस वर्षसम्म सांसाद हुँदा कुनै पनि काम नगरेको तर अहिले जनतालाई दीगभ्रमित तुल्याउने प्रयास गरिरहेको आरोप लगाए। लिम्बू तामाङलाई सीट दिलाउँछु भन्दै अहिले गाउँ घरमा घुमिरहेको बताए। वर्ष 2006 मा सीमाङकन गर्दा एसडीएफ सरकारले किन पहल गरेन भन्दै उनले प्रश्न तेर्साए। एसडीएफ पार्टीले तामाङ समुदायका एक जनालाई पनि सीट दिन नसक्ने पार्टीले लिम्बू तामाङलाई कसरी सीट दिलाउन सक्छ भन्दै उनले एसडीएफमाथि कटाक्ष गरे। पूर्व सांसद पीडी राईले वर्ष २०१८ मा नै सिक्किम बिक्री गरेको आरोप लगाए। विशेष गरेर त्यसबेला लोकसभामा सिटिजनशीप एमेन्डमेन्ट बीललाई समर्थन गरेर सिक्किमेके अधिकार बिक्री गरेको दावी गरे। तर आफूले उक्त वीलको लोकसभामा विरोध गरेको बताए। पीडी राईले लिएको अनुभव गैर सरकारी संस्था चलाउनको निम्ति ठीक रहेको छ। राईले लोकसभामा सिक्किमे जनताको निम्ति कतिपल्ट बोल्यो त्यो जनतालाई बताउनु पर्ने सुझाउ दिए। एसडीएफ पार्टीले नारीहरूलाई सम्मान दिन नसकेको आरोप लगाए। तर एसकेएम पार्टीले नारीलाई सम्मान दिएको सुब्बाले जानकारी गराए। नारीहरूलाई हेला गर्ने पार्टीलाई नारीहरूले भोट नदिने उनले आग्रह गरेका छन्। म पून सांसद बनेपछि पहिलो दिनदेखि नै काम गर्नको निम्ति पहल शुरू गर्ने आश्वासन दिए। एमपी कोषलाई व्यक्तिगतरूपमा खर्च नगरेर सामुहिकरूपमा खर्च गरेर विद्यार्थी साथै युवाहरूलाई पनि मञ्च प्रदान गरेको सुब्बाले दावी गरे। उनले थप जानकारी गराए अनुसार एमपी फण्डबाट राज्यको दुर्गम क्षेत्रमा पुस्तकालय निर्माण गरेर विद्यार्थीहरूलाई समर्पित गरेको बताए। तर एसडीएफ पार्टीले २५ वर्षको शासनकालमा राज्यको कुनै पनि स्थानमा पुस्तकालय निर्माण गरेको किटान गरे। अब पून जितेर सांसद बने इ लाइब्रेरी बनाउने उनले आश्वासन दिए।









