सिन्धु र प्रणयको हारसँगै भारतको अभियान समाप्त

IMG-20240412-WA0315.jpg

बेजिंग: ब्याडमिण्टन एशिया च्याम्पियनशीप २०२४-मा भारतको अभियान दुईपल्टकी ओलम्पिक पदक विजेता पीवी सिन्धु र एचएस प्रणयको क्रमशः महिला र पुरुष एकल वर्गको अन्तिम १६ चरणमा हारका साथ समाप्त भयो। सिन्धुले चीनको निंगबो ओलम्पिक स्पोर्ट्स सेण्टरमा ६९ मिनटसम्म चलेको म्याचमा विश्वकी सातौं नम्बरकी खेलाड़ी हान यू विरुद्ध १८-२१, २१-१३, १७-२१-ले हारको सामना गर्नु पऱ्यो। भारतीय शट्लरको ६ वटा म्याचमा चीनकी खेलाड़ी विरुद्ध यो पहिलो हार हो। यसरी पुरुष एकलमा विश्वका नवौं नम्बरका खेलाड़ी प्रणयलाई चाइनीज ताइपेका लिन चुन यी-ले १८-२१, ११-२१-ले पराजित गरे। यसरी नै अश्विनी पोनप्पा र तनीषा क्रेस्टोकी जोड़ी महिला युगल स्पर्धाबाट बाहिर भएकी छन्। पोनप्पा र क्रेस्टोकी जोड़ीलाई नामी मत्सुयामा र चिहारू शिदाकी विश्वकी नम्बर ३ जोड़ीले ४९ मिनटमा २१-१७, २१-१२-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *