विनेशले लगाएकी आरोपहरूलाई खारेज गऱ्यो डब्ल्यूएफए-ले

IMG-20240412-WA0314.jpg

नयाँ दिल्ली: भारतकी स्टार महिला पहलवान विनेश फोगाटले शुक्रवार भारतीय कुश्ती महासंघ (डब्ल्यूएफए)-ले उनका सहयोगी स्टाफलाई मान्यता पत्र जारी नगरेर उनलाई जसरी पनि ओलम्पिकमा हिस्सा लिनदेखि रोक्ने प्रयास गरेको आरोप लगाएकी छन् जबकि महासंघले चाहिँ उनले समय सीमा समाप्त भएपछि आवेदन गरेको स्पष्टीकरण दिएको छ। विनेशले उनी विरुद्ध डोपिंगको षढ़यन्त्र रचिएको पनि आशंका व्यक्त गरेकी छन्। हरियाणाकी २९ वर्षीय विनेशले २०१९ र २०२२ वर्ल्ड च्याम्पियनशीपमा ५३ किग्रा वर्गमा काँस्य र २०१८ एशियन गेम्समा ५० किग्रा वर्गमा स्वर्ण पदक जितेकी थिइन्। उनी आउँदो हप्ता किर्गिस्तानको बिश्केकमा हुने एशियन क्वालीफाईंग टुर्नामेण्टको माध्यमले ५० किग्रा वर्गमा ओलम्पिक कोटा हासिल गर्न चाहन्छिन्। पटियालामा भएको चयन ट्रायलमा उनले ५३ किग्रा वर्गमा भाग लिएकी थिइन् तर सेमिफाइनलमा हारेकी थिइन्।
डब्ल्यूएफआई-ले बताएअनुसार, कोच र फीजियोलाई मान्यता पत्र जारी गर्नको निम्ति विनेशको ईमेल १८ मार्चमा प्राप्त भएको थियो जबकि त्यस समय युनाइटेड वर्ल्ड रेसलिंग (यूडब्ल्यूडब्ल्यू)-लाई खेलाड़ीहरू, प्रशिक्षकहरू र मेडिकल स्टाफको सूचीमा पठाइसकिएको थियो। रेजिस्ट्रेशनको अन्तिम मिति ११ मार्च थियो। एकजना अधिकारीले भने, महासंघले १५ मार्चमा अन्तिम सूची पठाएको थियो कारण यूडब्ल्यूडब्ल्यू-ले उनीहरूका अनुरोधमा केही छूट दिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *