पेरिस ओलम्पिकको निम्ति दल प्रमुखको पद छोड़िन् मेरि कोमले

IMG-20240412-WA0311.jpg

नयाँ दिल्ली: भारतकी दिग्गज बक्सर तथा ६ पल्टकी वर्ल्ड च्याम्पियन एमसी मेरि कोमले यस साल हुने पेरिस ओलम्पिक अघि यस बहुराष्ट्रिय प्रतियोगितामा देशका दल प्रमुख (शेफ डी मिशन)-को आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनलाई भारतीय ओलम्पिक संघ (आईओए)-ले २१ मार्चमा शेफ डी मिशन नियुक्त गरेको थियो। मेरि कोमले निजी कारणहरूले गर्दा पदबाट हट्ने फसेला गरेकी छन् अनि उनीसँग यसबाहेक अन्य कुनै विकल्प नरहेको पनि बताएकी छन्। आईओए-की अध्यक्ष पीटी उषाले बताएअनुसार, मेरि कोमले उनलाई पत्र लेखेर यस जिम्मेवारीबाट मुक्त गर्ने आग्रह गरेकी छन्। मेरि कोमले पत्रमा भनेकी छन्, देशको कुनै पनि रूपमा सेवा गर्नु गर्वको कुरा हो अनि म यसको निम्ति मानसिक रूपले तयार थिएँ तर मलाई खेद छ कि म यो जिम्मेवारी निर्वाह गर्न सक्ने छुइनँ। म निजी कारणहरूले गर्दा पछि हटिरहेकी छु। मणिपुरकी ४१ वर्षीय बक्सरले भनेकी छन्, यसरी पछि हट्नु परेर लज्जित छु कारण म यस्तो गर्दिन तर मसँग कुनै विकल्प छैन। म ओलम्पिक खेलहरूमा हिस्सा लिइरहेका खेलाड़ीहरूलाई समर्थन गर्न जारी राख्नेछु। यसबीच उषाले आफ्नो बयानमा भनेकी छन्, ओलम्पिक पदक विजेता र आईओए एथलीट आयोगकी प्रमुख मेरि कोम निजी कारणहरूले गर्दा पदबाट हटेकी छन्। हामी उनकी फसेला अनि निजताको सम्मान गर्छौं। उनको विकल्पबारे चाँड़ै घोषणा गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *