जेजीएलएस लगातार पाँचौ वर्षको लागि देशको नम्बर एक  कानून स्कूलको दर्जा, अनि २०२४ मा विश्व विश्वविद्यालय दर्जामा ७२औं स्थानमा

QS-2024-graphic

कोलकाता: एक अभूतपूर्व उपलब्धि र मान्यतामा ओपी जिन्दल ग्लोबल युनिभर्सिटीको जिन्दल ग्लोबल ल स्कूलले लगातार,पाँचौं वर्षमा भारतको नम्बर एक   ल स्कूलको श्रेणीमा परेको छl यसका साथै विश्वव्यापी रूपमा ७२औं स्थान हासिल गरेको प्रेस विज्ञप्तिमा बताएको छ। यसरी, यो विश्वको शीर्ष १०० संस्थाहरूको सूचीमा समावेश हुने भारतको एक मात्र कानून विद्यालय भएको छ। उल्लेखनीय रूपमा जिन्दल ग्लोबल ल स्कूल यस वर्ष विश्वमा ७२औं स्थानमा रहेको छ, जुन गत वर्ष ८४औं स्थानमा रहेको छ, १२ श्रेणीको माथिको प्रगति देखाएको छl

 यो उल्लेखनीय उपलब्धि हासिल गर्नमा आफ्नो विचार व्यक्त गर्दै ओ.पी. जिन्दल ग्लोबल युनिभर्सिटीका संस्थापक कुलपति नवीन जिन्दलले भने, ‘जेजीएलएसले प्रतिष्ठित क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङमा देशको शीर्ष कानून विद्यालयको रूपमा आफ्नो हैसियत कायम राखेको निरन्तरताले यस संस्थाले भारतमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने तथ्यलाई संकेत गर्छ। जेजीएलएसको स्थापना पछि मात्र एक दशकमा भारतको नम्बर एक कानून विद्यालयको रूपमा उदयले देशका युवाहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्नमा राखेको अत्यन्त महत्त्वलाई प्रतिबिम्बित गर्दछ।‘ ओ.पी. जिन्दल ग्लोबल युनिभर्सिटीका संस्थापक उपकुलपति प्रोफेसर (डा.) सी राज कुमारले भने, ‘जिन्दल ग्लोबल ल स्कूलले सन् २०२४ मा विषयगत आधारमा क्युएस वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङमा लगातार चौथो स्थान हासिल गरेको कुरा बताउन पाउँदा मलाई खुशी लागेको छ। पाँचौं वर्ष चलिरहेको भारतमा नम्बर एक, जबकि विश्वव्यापी रूपमा ७२औं स्थानमा रहेक छ। यसकारण, यो विश्वको शीर्ष १०० संस्थाहरूको सूचीमा समावेश गर्ने भारतको एक मात्र कानून विद्यालय भएको छ।‘  सन् २०२४ मा विषयगत आधारमा क्युएस विश्व विश्वविद्यालय र्याङ्किङमा युनिभर्सिटी अफ नटिङ्घम, युके (७८औँ स्थान), युनिभर्सिटी अफ टेक्सास अस्टिन, संयुक्त राज्य अमेरिका (७९औँ स्थान), वासेडा विश्वविद्यालय, जापान (८४औँ स्थान), जर्ज वाशिंगटन विश्वविद्यालय, संयुक्त राज्य अमेरिका (८९औँ स्थान), नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी, सिंगापुर (९१औं स्थान), बोस्टन युनिभर्सिटी, संयुक्त राज्य अमेरिका (९३ औं स्थान), शाङ्घाई जिओ टोङ विश्वविद्यालय, चीन (९४ औं स्थान), युनिभर्सिटी अफ भियना, अस्ट्रिया (९८ औं स्थान), जेनेभा विश्वविद्यालय, स्विजरल्याण्ड (९९ औं स्थान) विश्वभरका प्रतिष्ठित संस्थानहरू भन्दा उच्च स्थानमा परेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *