प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रको पूर्वतयारीको समीक्षा गरे

00-1-PM-Modi-2

नयाँ दिल्ली: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आगामी गर्मी मौसमको तयारीको समीक्षा गर्न एक बैठकको अध्यक्षता गरे। प्रधानमन्त्रीलाई आगामी अप्रेलदेखि जून, २०२४ को अवधिका लागि तापमान दृष्टिकोणको बारेमा जानकारी दिइयो, जसमा आगामी गर्मी मौसम (अप्रेलदेखि जूनसम्म) को पूर्वानुमान, देशका अधिकांश भूभागको अधिकतम तापक्रम सामान्यभन्दा माथि रहने सम्भावना पनि सामेल छ, विशेष गरी मध्य भारत र पश्चिमी प्रायद्वीपीय भारतमा यसको उच्च सम्भावना रहेको छ।अत्यावश्यक औषधी, अन्तःशिरा तरल पदार्थ, आइस प्याक, ओआरएस र पिउने पानीको सन्दर्भमा स्वास्थ्य क्षेत्रको पूर्वतयारीको समीक्षा गरिएको थियो।

टेलिभिजन, रेडियो र सोशल मिडिया जस्ता सबै मञ्चहरूको माध्यमद्वारा विशेष गरी क्षेत्रीय भाषाहरूमा आवश्यक आईईसी / सचेतना सामग्रीको समयमै प्रसारमा जोड दिइयो। यद्यपि २०२४ मा सामान्यभन्दा अधिक गर्मी हुने अपेक्षा गरिएको छ, जसले आम चुनावसँग मेल खाँदछ, त्यसैले के महसुस गरिएको छ भने एमओएचएफडब्ल्यु  र एनडीएमएद्वारा जारी गरिएको सल्लाहलाई क्षेत्रीय भाषाहरूमा अनुवाद गरी व्यापक रूपमा फैलाइनेछ। प्रधानमन्त्रीले सरकारको समग्र दृष्टिकोणमाथि जोड दिए। यसका लागि केन्द्र, राज्य र जिल्ला स्तरका सरकारका सबै अङ्ग र विभिन्न मन्त्रालयले यसमाथि समन्वय बनाएर साथ काम गर्नुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीले अस्पतालमा पर्याप्त तयारीका साथसाथै चेतना सृजनामाथि पनि जोड दिए। उनले जंगलमा लागेको आगोलाई त्वरित पत्ता लगाउने र निभाउने आवश्यकतामाथि पनि प्रकाश पारे। बैठकमा प्रधानमन्त्रीका प्रधान सचिव, गृह सचिव, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) र राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका अधिकारी सहभागी थिए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *