नेपालमा ‘सफा हिमाल अभियान’ शुरु भयो

IMG-20240412-WA0309.jpg

झापा: नेपाली सेनाले सफा हिमाल अभियानको चौंथो संस्करणअन्तर्गत अभियान शुरु गरेको छ। नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान-२०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुरु गरे। अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने छ।कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे। उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएको बताए। उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको बताए।‘ पछिल्लो वर्षमा हिमाल आरोहणमा वृद्धि हुँदै गएका छन्। र ती आरोहणहरुमा वृद्धि भएयता ती क्षेत्रमा थुप्रिने गरेको फोहोर र त्यसको उचित व्यवस्थापन मुख्य चुनौती हुँदै आइरहेको छ। यसले हाम्रो हिमालहरुको सौन्दर्यतालाई असर पारिरहेको छ। विशेषगरी विदेशी पर्यटकहरुलाई नकारात्मक असर पर्दै आएको कुरा सञ्चारमाध्यममा राख्ने गरेका छन्,’ उनले भनेका छन, ‘हिमाल सफा गर्न संवद्ध मन्त्रालय, विभाग, संघसंस्था, हिमाल बचाउन लागेका संघसंस्थाको पनि उत्तिकै दायित्व छ। सबै मिलेर गर्‍यौँ भने सम्भव छ। सबैले साझा प्रयास गर्नुपर्छ।’कार्यक्रममा नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियानका निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *