काेचबिहार: माथाभांगा डाकघोरा पेट्रोल पम्प संलग्न क्षेत्रमा भएको सड़क दुर्घटनामा शुक्रवार पेट्रोल पम्प मालिकको मृत्यु भएको छ। मृतकको नाम यादव चन्द्र सिंह थियो। पेट्रोल पम्प कर्मचारीहरूले बताए, यादव चन्द्र सिंह अन्य दिन सरह आज पनि मर्निंग वक पश्चात पेट्रोल पम्पमा आइपुगे। त्यसपछि पम्पका कर्मचारीहरूसित बातचित गरेर घर फर्किरहेका थिए त्यैबेला द्रूत गतिमा आइरहेको माछाको ट्रकले उनलाई ठक्कर दियो जसमा उनी गम्भीर रूपमा घाइते भए।
उनलाई गम्भीर अवस्थामा माथाभांगा अस्पतालमा पुऱ्याइयो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। घटना पश्चात घटनास्थलमा पुगेको माथाभांगा पुलिसले शवलाई पोस्टमर्टम गर्न पठाएर घातक ट्रकको खोजीममा जुटेको छ।









