गान्तोक: आज राज्यका मुख्य सचिव एससी गुप्ताको अध्यक्षतामा, राज्यस्तरीय स्वतन्त्रता दिवस पालनलाई लिएर एक बैठक आयोजन गरियो। गान्तोकको पाल्जोर स्टेडियममा मरम्मतिको कार्य चलिरहेकोले यसपाली राज्यस्तरीय स्वतन्त्रता दिवस नाम्चीको भाइचुङ स्टेडियममा पालन गरिने छ।
बैठकमा वन विभागका एसीएस, गृह विभाग र शिक्षा विभागका एसीएस, डीजीपी, विभागीय प्रमुखहरू, गान्तोक र नाम्चीका जिल्लापाल, वरिष्ठ अधिकारीहरू, सेना र एनसीसी आदि उपस्थित थिए। बैठकमा गृह विभागले तयार पारेको कार्यक्रममाथि चर्चा गरियो। यसै गरी, कार्यक्रमलाई सफल बनाउन विभागहरूलाई जिम्मेवारी सुम्पियो।
About Author
Post Views: 165