गोर्खाहरूप्रति भाजपाको सोच राम्रो छैन भन्ने नड्डाको बयानले स्पष्ट भएको छ: अजय एडवाडर्स

IMG-20240412-WA0290.jpg

दार्जीलिङ: गोर्खाहरूप्रति भारतीय जनता पार्टीको सोच राम्रो छैन भन्ने कुरा मैले अघिबाटै भनी सकेको थिए जो आज प्रमाणित भएको छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पार्वतीय क्षेत्रहरूमा क्षेत्रीय पार्टीहरू धेरै भईसक्यो। अब भाजपाले आफ्नो विस्तारबारे जोड दिनुपर्छ भन्ने जो विवादपूर्ण बयान भन्दै अजय एडवर्डले विरोध जनाएका छन्। भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाको बयानमाथि बिच्किन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, मैले विगत धेरै दिन अघिदेखि नै भन्दै थिए गोर्खाहरूप्रति भारतीय जनता पार्टीको सोच राम्रो छैन। विगतका दिनमा छिमेकी राज्य सिक्किममा पवन कुमार चामलिङको विधायकहरू भारतीय जनता पार्टीमा सामेल भएका थिए अनि पीएस गोलेलाई एक प्रकारले चलाउने कार्यहरू गरिरहेको थियो तर आज आएर पीएस गोलेमाथि पनि विभिन्न प्रकारको आरोप र लाञ्छानाहरू लगाउने कार्यहरू गर्दै आईरहेको छ। यहाँसम्म कि भाजपाको सिक्किम प्रभारीले पीएस गोलेलाई आफ्नो औकातमा बस्ने चेताउनीपूर्ण बयानहरू समेत दिन्दै आएका थिए। तर आज भाजपाको राष्ट्रिय अध्यक्ष जेपी नड्डा स्वंयमले क्षेत्रीय दलहरूलाई मास्नुपर्छ भन्ने जस्ता बयान दिएको छ। भाजपाको राष्ट्रिय अध्यक्ष जेपी नड्डाले क्षेत्रीय दलहरू मास्ने स्पष्ट संकेत दिएको अध्यक्ष एडवाडर्सले आरोप लगाएका छन्। दार्जीलिङ पहाड तराई डुवर्स साथै छिमेकी राज्य सिक्किमको हाम्रो गोर्खा दाजु भाइ दिदी बहिनीहरूलाई म अवगत गराउनु चाहान्छु भारतीय जनता पार्टीको सोच हामीप्रति राम्रो छैन अध्यक्ष एडवाडर्सले भने। भारतीय जनता पार्टीले देशमा एउटै पार्टी, एउटै धर्म बनाउने सोच राखेको स्पष्ट हुन्छ। दार्जीलिङ पहाडमा सबै जात,धर्मका मानिसहरू मिलेर बसेका छन्। मुस्लिम समुदायको ईदमा होस अथवा इसाई धर्मको क्रिसमस अनि हिन्दु धर्मको दशै तिहार होस हामी सबैले सम्मान रूपले मनाउँदै आईरहेका छौं। राजनैतिक क्षेत्रमा हेर्ने हो भने राष्ट्रिय दलहरूदेखि लिएर क्षेत्रीय दलहरू पनि यहाँ देख्न पाइन्छ। हाम्रो अध्यक्ष अजय एडवाडर्सले अघि भने म इसाई धर्मको मान्छे हो तर आज पानीघट्टाको पूजामा दर्शन गर्न आएको छु तिनले भने। आज भारतीय जनता पार्टीसंग टासिएर हिडी रहेको गोजमुमो, गोरामूमो, क्रामाकपा, गोरानिमोको भविष्य पनि भाजपा राष्ट्रिय अध्यक्ष जे पी नडडाको बयानको हिसावले हेर्ने हो भने खतरामा छ अध्यक्ष एडवाडर्सले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने भारतीय जनता पार्टीलाई भोट दिनु भनेको तृणमूल काग्रेसलाई भोट दिनू हो।गत दिन प्रधानमंत्री नरेन्द्र मोदी र मुख्यमंत्री ममता ब्यानर्जीको भेटवार्ता पछि तृणमूल काग्रेस ईण्डिया गठबन्धनबाट अलग भएको हो।तृणमूल काग्रेस र भाजपाको मित्रता धेरै पूरानो हो। विगतका दिनमा केन्द्रमा भाजपा गठबन्धनको सरकार थियो, त्यस अवधि तृणमूल नेत्री ममता ब्यानर्जी रेल मंत्री थिए अध्यक्ष एडवाडर्सले भने।तिनले अधि भने भाजपाको राष्ट्रिय प्रबक्ता एंव दार्जीलिङ लोकसभा समष्टिको भाजपा उम्मेद्वार राजु विष्टले पार्टीको राष्ट्रिय अध्यक्ष जे पी नडडाको बयानलाई सच्चाउँने एंव ढकनी लगाउँने काम गर्दैछ तर भाजपाको राष्ट्रिय अध्यक्ष नडडाले क्षेत्रिया पार्टीहरू मास्ने स्पष्ट बताएका छन अध्यक्ष एडवाडर्सले भने।हाम्रो पार्टीको समर्थकहरूलाई भारतीय जनता पार्टीले उनीहरूसंग जोडने काम गर्दैछ तर हाम्रो पार्टीको समर्थकहरूलाई जति नै उनीहरूसंग जोडने काम गरेता पनि हाम्रो सेवा गर्ने हातहरूलाई उनीहरूले खोज्न सक्दैन, हाम्रो पार्टीलाई माया गर्ने जनताको सोचहरूलाई उनीहरूले खोस्न सक्दैन अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement