घैयाबारीमा भागोप्रमोको चुनाव कार्यालय उदघाटन

IMG-20240412-WA0276.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको बुथ नम्बर २५५ मा चुनाव कार्यालय उदघाटन गरिएको छ। उक्त चुनाव कार्यालय टके उदघाटन भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको विशेष उपस्थितिमा लामा पढ़ाएर गरिएको छ। उक्त चुनाव कार्यालय उदघाटन कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई पञ्चायत समिति सदस्य वाङ्दी लामा र कुसुम तामाङ, बुथ कमिटीको सभापति नरेन राई, सचिव नवराज प्रधान, बुथ युवा शक्तिको सभापति दिपेन छेत्री, सचिव युवराज प्रधान लगायत बुथ अन्तर्गत पर्ने ५ वटा गाउँको प्रशाखा कमिटीहरूको सभापति/सचिव साथै नारी शक्ति, युवा शक्ति र अन्य प्रतिनिधिहरू उपस्थित रहेका थिए।

उक्त चुनाव कार्यालय उदघाटन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले घैयाबारीमा खोलिएको चुनाव कार्यालय भागोप्रमो समर्थित प्रार्थी गोपाल लामाको पक्षमा चुनाव प्रचार गर्नलाई खोलिएको बताएका छन्।

About Author

Advertisement