भाजपा र तृणमूल कंग्रेसकाे विकल्प डाक्टर मुनिष तामाङ हुन्: प्रशान्त लामा

IMG-20240412-WA0275.jpg

मिरिक: भाजपा र तृणमूल कंग्रेसकाे विकल्प डाक्टर मुनिष तामाङ हुन् भनी हाम्रो पार्टी मिरिक महकुमा समितिको अध्यक्ष प्रशान्त लामाले आज बताएका छन्। उनले अठारौं लाेकसभा चुनाउ सम्पूर्ण गाेर्खा जातिकाे लागि एउटा महत्त्वपूर्ण चुनाउ हाे भन्दै २०२४ देखि २०२९ सम्म गाेर्खा जातिले शिर उठाएर बाँच्नु हाे भने यसपटक लाेकसभा चुनाउमा भारतीय राष्ट्रिय कंग्रेसका उम्मेद्वार डाक्टर मुनिष तामाङलाई दार्जिलिङ संसदीय सीटबाट विजय गराएर सांसद भवन पठाउन अति आवश्यक रहेकाे देखिन्छ भनी बताएका छन्। उनले राष्ट्रिय, राज्य र क्षेत्रीय राजनीतिलाई हालसम्म केलाएर हेर्नु हाे भने एकातिर वर्तमान राज्यकाे सत्तारुढ दल तृणमूल कंग्रेसकाे साेच गाेर्खाहरूप्रति जहिले पनि नकारात्मक रहेकाे पाँउछाैं भनी बताएका छन्। लामाले भने, ‘गाेर्खाहरूकाे मुद्दा पार हुन नलिने प्रमुख वादक नै तृणमूल कंग्रेस हाे भने तृणमूल कंग्रेसले गाेर्खाहरूकाे दीर्घकालीन माग अलग राज्य गाेर्खाल्याण्ड गठन गर्नमा सहमति पटक्कै जनाँउदैन। यता भारतीय जनता पार्टीकाे कुराे गर्नु हाे भने भाजपाले गाेर्खाकाे भावनासित खेलवाड गर्दै गाेर्खा जातिलाई हावा मिठाई खुवाएकाे ठ्याक्कै पन्ध्र वर्ष भयाे। पन्ध्र वर्षसम्म गाेर्खाकाे मुद्दामा सिन्का पनि भाँच्न नसक्ने भाजपाले अहिले आएर हामी गाेर्खाकाे मुद्दा समधान गर्ने नजिकमा छाैं भन्दैछ। भाेटकाे बजारमा गरेकाे याे कुराेलाई पत्ताउनु भनेकाे गाेर्खा जाति फेरि पाँच वर्ष पछि पर्नु हाे।यसैले गाेर्खाहरूकाे दीर्घकालीन मागलाई टुङ्गोमा पुराउने विकल्पकाे रूपमा कंग्रेस प्रार्थी मुनिष तामाङ चुनाउ मैदानमा निस्कएका छन्।’
प्रशान्त लामाले अझ भने, ‘उनलाई हाम्राे पार्टी अन्य कतिपय दलहरूकाे सहयाेग रहेकाे छ। डाक्टर मुनिष तामाङ एक तार्किक अनि दिल्लीलाई नजिकबाट बुझेका मानिस हुन्। उनमा संसदमा गाेर्खाकाे आवाज बुलन्द गर्ने क्षमता छ। उनी भारतीय गाेर्खा परिसंघका राष्ट्रिय अध्यक्ष समेत रहिसकेकाेले उनलाई गाेर्खा जातिकाे अभाव र समस्या राम्ररी याद छ। यसैले यसपटक मुनिष तामाङलाई चुनाउमा विजय बनाउन सबैले कम्बर कस्न अति आवश्यक रहेकाे छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *