सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका अखिल भारतीय तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज अठारखाई क्षेत्रमा घरदैलो प्रचारप्रसार गरेका छन्। दार्जिलिङ जिल्ला समताल तृणमूल महिला अध्यक्ष पपिया घोष पनि उनीसँगै थिए। तृणमूल कांग्रेसका समर्थकहरूसँग र्याली निकाल्दै उनले अठरखाईमा आफूलाई भोट दिन आग्रह गरे।