चुनाउमा खटिएका अधिकारीहरूले गरे पोस्टल व्यालेटको माध्यमद्वारा मतदान

IMG-20240412-WA0005.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउमा खटिएका सरकारी कर्मचारीहरूले राज्यको छ वटै जिल्लामा मतदान गर्नेक्रम शुरू भएको छ। यसै क्रममा पाकिम जिल्लाबाट तीनवटा वर्गकाको निम्ति रूरवन कम्पलेक्समा स्थापना गरिएको सुविधा केन्द्रमा पोलिङ अधिकारूहरूले मतदान गरे। तीन वटावर्गमा रहेका कर्मचारीहरू जस्तै पोलिङ अधिकारी, आवश्यक सेवा र अन्य अधिकारीहरूले मतदान गर्न सक्नेछन्। राज्यको सबै सुविधा केन्द्रहरूमा एसएसबीका जवान, एसएपी र आइआरबीका जवानहरू सुरक्षाको निम्ति तैनाथ गरिएको छ। तीनवटा वर्गमा विभाजन गरिएको मतदान तालिका अनुसार गान्तोकबाट ७२ जना, गेजिङ ५ जना, मंगन ११ जना, नाम्ची २६ जना, पाकिम ३४२ र सोरेङबाट ८ जनाले पोल्टल व्यालेट पेपरको माध्यमद्वारा आफ्नो बहुमूल्य मतदान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement